दफा १६
अपराध नियन्त्रण तथा अनुसन्धानका सन्दर्भमा प्रहरीको भूमिका
(१) अपराध भएको, भइरहेको वा हुन लागेको जानकारी प्राप्त हुन आएमा नेपाल प्रहरी वा प्रदेश प्रहरीले तत्काल देहाय बमोजिमको कार्य गर्नु पर्नेछः-
(क) तत्काल त्यस्तो स्थानमा उपस्थित भई अपराध रोक्न आवश्यक व्यवस्था मिलाउने,
(ख) अपराध भइसकेकोमा अपराधबारे आफूले देखे जानेसम्मका तथ्य प्रमाणहरु सङ्कलन गर्ने र अन्य निकाय वा अधिकारीबाट अनुसन्धान हुने अपराध भएमा तत्काल अपराध अनुसन्धानको लागि जिम्मेवार निकाय वा अधिकारीलाई खबर गर्ने,
(ग) दशी प्रमाण नष्ट हुन नदिने तथा घटनास्थलको आवश्यक सुरक्षा व्यवस्था मिलाउने,
(घ) अन्य निकाय वा अधिकारीबाट अनुसन्धान हुने अपराधको अनुसन्धानको सन्दर्भमा अनुसन्धान गर्ने निकाय वा अधिकारीलाई आवश्यक पर्ने सहयोग उपलब्ध गराउने,
(ङ) यो ऐन वा प्रचलित कानून बमोजिम आफूले अनुसन्धान गर्ने अपराधको सम्बन्धमा अनुसन्धान गरी सरकारी वकील समक्ष अनुसन्धान प्रतिवेदन पेश गर्ने,
(च) अपराध हुन नदिन तथा अपराध भइसकेकोमा अपराध अनुसन्धान तथा पीडितको सुरक्षाको लागि आवश्यक पर्ने अन्य कार्य गर्ने।
(२) नेपाल प्रहरी वा प्रदेश प्रहरीले अपराधको अनुसन्धान गर्दा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ र अन्य प्रचलित कानून बमोजिम गर्नु पर्नेछ।
(३) उपदफा (१) बमोजिम अन्य निकाय वा अधिकारीबाट अनुसन्धान हुने अपराधको सम्बन्धमा नेपाल प्रहरी वा प्रदेश प्रहरीले सङ्कलन गरेको दशी तथा प्रमाण अनुसन्धानसँग सम्बन्धित निकाय वा अधिकारीलाई हस्तान्तरण गर्नु पर्नेछ।
(४) अपराध नियन्त्रण तथा अनुसन्धानको सन्दर्भमा प्रदेश प्रहरीले आवश्यकता अनुसार नेपाल प्रहरीको समन्वयमा रही काम गर्नु पर्नेछ।